सेलिशाले जितिन् जेसिजको वक्तृत्वकला पुरस्कार

0
163
शेयर गर्नुहोस्


विर्तामोड, १५ असोज । नेपाल जेसिजको क्षेत्र ‘क’ सम्मेलनमा आयोजित वक्तृत्वकला प्रतियोगितामा वीरता लेडी जेसिजकी सदस्य सेलिशा उप्रेती प्रथम भएकी छन् ।

बुधवार भएको भर्चुअल वक्तृत्वकला कार्यक्रममा १६ जना प्रतिष्पर्धी थिए । सबैलाई उछिनेर सेलिशा पहिलो बनेकी थिइन् ।

‘परिवार, साथी र भविष्य’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । यस पटकको सम्मेलनको आयोजना कोरोना महामारीका कारण उर्लावारी जेसिजले भर्चुअल रुपमा गरिरहेको छ ।

विजेता सेलिशा वीरता लेडी जेसिजबाट सहभागी थिइन् ।

प्रतिष्पर्धामा दुहवी जेसिजका आशिष कोइराला दोस्रो र झुम्का जेसिजका दिपेश बरायली तेस्रो भएका थिए ।