“प्रदर्शन चलिरहदा बिचमै प्रहरीको हस्तछ्यप”

0
235
शेयर गर्नुहोस्

दमक/झापा।। आज डा. के. सीको समर्थनमा प्रदर्शन भएको छ । युवाहरुको समुहले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित उपस्थित भएर विरोध जनाएका छन् ।

दमकको आकाशे पुल मुनि लामबद्ध भएर उनीहरुले प्रदर्शन गरेका छन् साथै कदम थिएटरका कलाकारहरुले नाटक समेत प्रदर्शन गर्नुभएको थियो। कार्यक्रम चलिरहदा बिचमै प्रहरीहरुले हस्तछ्यप गर्न खोजे पछि युवाहरु आक्रोशित भएका थिए। डा. के. सीको माग जाहेज रहेको र यो लोकतान्त्रिक मुलुकमा आफुले सत्यको पक्षमा उठेर आवाज समेत उठाउन नपाएकोमा सहभागी युवाले दुख बेक्त गर्नु भयो। येसरी प्रहरी प्रशासनले दमन गर्न नपाउने र डा. के. सीको माग चाडो भन्दा चाडो पास गर्नुपर्ने भनी उल्लेख समेत गर्नु भयो ।

उनीहरुले मेडिकल माफिया बारे बोल्नै पर्छ भन्दै आम नागरिकलाई खबरदारी पनि गरेका छन् ।

उनीहरुले बोकेको प्लेकार्डको नाराहरु: सत्ता आउँछ पटकपटक, डा. केसि आउँछन एकपटक, न्याय मर्न नदेउ, तिम्रो मनोमानी कहिलेसम्म?

पछिल्लो क्रममा डा के सी को समर्थन मा देशभरी नै प्रदर्शन हुँदै आएको छ ।