जेभियर इन्टरनेशनल कलेज एसियन स्पिच कम्पीटीसन हालैमात्र सम्पन्न

0
317
शेयर गर्नुहोस्

काठमाडौँ।। जेभियर इन्टरनेशनल कलेज एसियन स्पिच कम्पीटीसन हालैमात्र सम्पन्न भएको छ। सेप्टेम्बर २५ मा सुरु भएको सो प्रतियोगिता अक्टोबर ५ मा सम्पन्न गरिएको हो। कार्यक्रममा नेपाल सहित बंगलादेश, कम्बोडिया, फिलिपिन्स, भारत, श्रीलंका र भुटान गरी सात देशका सहभागी थिए।

सोमबार सम्पन्न भएको एसियन स्पिच कम्पीटीसनमा निर्णयक मण्डलमा जेभियर इन्टरनेशनल कलेजका स. प्रधानाध्यापक दिपेन दाहाल, कविता के. बिष्ट, अमिना जोशी र बालकृष्ण पौडेल का साथै भारतका अरुनभा ब्यानर्जी, बङ्गलादेशका वारिस अजिज आकाश र कम्बोडियाकी लिसा च्चेन्ग निर्णयक मण्डलमा रहेको बताए। साथै जेभियर इन्टरनेशनल कलेजका सि.इ.ओ लोकबहादुर भण्डारी र कलेजका प्रधानाध्यापक गोपाल भण्डारी कार्यक्रमका सल्लाहकार थिए।

हरेक प्रतिस्पर्धामा एक प्रतिस्पर्धी ले विजेताको ताज पाउँछ। एसियन स्पिच कम्पीटीसनमा सोही ताज बङ्गलादेशका एय्मान साबितले जिते।

यसरी नै दोस्रो स्थान नेपालकी स्मारिका नेउपाने र तेस्रो स्थान बङ्गलादेशकी इश्रत एह्मद स्स्रोअत ले जिते। युवा हरुले युवाकै लागी भनी सुरु गरेका साइफेल स्ट्रेटजीक पार्टनरको रुपमा सहभागी थियो। त्यसैगरी लियो क्लब अफ काठमाण्डू आउटरिच पार्टनरको रुपमा काम गरिरहेको थियो। अन्तर्राष्ट्रिय पार्टनरको रुपमा द चेन्चर्स र कम्बोडिया पब्लिक स्पीकिंग कम्पीटिसन एन्ड डिबेट एसोसिएसन रहेका थिए। त्यसरी नै मिडिया पार्टनरको रुपमा राजधानी डेली रहेको थियो।