“नगर बाल सञ्जाल दमकले प्रदेश बालिका सम्मेलन आयोजना गर्दै”

0
150
शेयर गर्नुहोस्

नगर बाल सञ्जाल दमकले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भर्चुुअल प्रदेश बालिका सम्मेलन गर्ने भएको छ ।

दमक नगरपालिकाको समन्वय र ईटहरी, कन्काई र कमलका पालिका स्तरिय बाल सञ्जाल सँगको सहकार्यमा असोज २४ र २५ गते Zoom Cloud Meet मार्फत हुने यस कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई प्रमुख अतिथि साथै अनुराधा कोइराला, श्रृङ्खला खतिवडा, नेपाल प्रहरीकी एस.एस.पी दुर्गा सिंह, मनोविमर्शकर्ता स्वस्तिका पोख्रेल, बालिका तथा महिला अधिकारकर्मी अस्मिता सापकोटा, प्रशिक्षक मञ्जरी घिमिरेलाई वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

कार्यक्रममा बालिकाको अवस्था, बालिका विरुद्धका हिंसा, लकडाउनमा बालिका, बालिका दुर्व्यवहार र त्यसबाट बच्ने उपाय साथै बालिका सम्बन्धी कानुनी व्यवस्था र राज्यका नितिका बारेमा छलफल गरि ति विषयहरुमा बालिकालाई सचेत र सक्षम बनाउने उद्देश्य लिईएको छ ।

सम्मेलनमा प्रदेश नं. १ का १० देखि १८ वर्षसम्मका बालिकाहरु फारम भरेर सहभागी हुन सक्नेछन् साथै कार्यक्रम दुवै दिन विहान ११ बजेबाट ३ घण्टाका लागि हुनेछ ।