“दमक क्याम्पस साहित्यिक मञ्चद्वारा खुल्ला गजल तथा कविता प्रतियोगिता सम्पन्न”

0
266
शेयर गर्नुहोस्

दमक बहुमुखी क्याम्पस, दमक झापा अन्तर्गत रहेको दमक क्याम्पस साहित्यिक मञ्चले यो पटक कोरोना महामारीको जोखिम अनि यसले निम्त्याएको तनाबग्रस्त अवस्थालाई चिर्दै सबै सामु खुल्ला गजल तथा कविता प्रतियोगितालाई श्रृंखलाबद्द रुपमा लिएर आएको छ। श्रृंखलाबद्द रुपमा रहेको यस प्रतियोगिताको पहिलो श्रृंखलामा नेपालका विभिन्न भू-भागबाट मात्र नभएर बाहिरी राष्ट्रमा समेत रहनु हुने नेपाली साहित्यिक मनहरुले आफ्नो गरिमामय सहभागिता जनाउनु भएकोमा दमक क्याम्पस साहित्यिक मञ्च परिवार सम्पूर्ण प्रतिस्पर्धीहरुप्रति धेरै भन्दा धेरै आभारी रहेको कुरा दमक क्याम्पस साहित्यिक मञ्च अध्यक्ष राजन चापागाईले बताउनुभयो।

प्रतियोगितामा सहभागी रहनु हुने प्रतिस्पर्धीहरुबाट आएका १८० वटा रचनाबाट उत्कृष्ट ७९ रचनाहरु छनोट गरी कविता र गजल विधालाई छुट्टाछुट्टै निर्णायक द्वारा निर्णय गरि नतिजा निकालिएको थियो । निर्णायकबाट आएको अंकबाट ५०% र सामाजिक सञ्जाल फेसबुकबाट ५०% पब्लिक भोटिङ्को अंकलाई जोड गरी नतिजा निकालिएको थियो ।

प्रथम गजल

साहित्यका क्षेत्रमा बिगत लामो समयदेखि योगदान दिनुहुने आदरणीय साहित्यकार शिब प्रणत ‘रेग्मी’ एवं गजलकार घनश्याम ‘पथिक’ निर्णायकको रुपमा रहनु भएको उक्त प्रतियोगितामा कवितातर्फ पहिलो, दोस्रो, तेस्रो क्रमशः बुद्धि सागर (नुवाकोट) , सुजन संगाैला (झापा ; गाैरादह) , अभिराज खाति ” अन्जान ” (मकवानपुर) र गजलतर्फ पहिलो, दोस्रो, तेस्रो क्रमशः प्रबिन नयन (मोरङ) रबिन दाहाल (सुनसरी), एन. पि. खतिवडा (काठमाडौं) साथै सान्त्वनामा मुकेश रिजाल (बिराटनगर, मोरङ), धर्मेन्द्र कार्की (दमक, झापा), बिमल खरेल ( ढोरपाटन, बागलुङ ) उत्कृष्ट हुनु भएको कार्यक्रम संयोजक माैनता बरालले जानकारी दिनु भयो । कार्यक्रममा प्रथम, दृतिय, तृतीय र सान्त्वनालाई पुरस्कार स्वरूप केहि राशि अनि प्रमाणपत्र प्रदान गरियो भने सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरियो।

प्रथम कविता

सम्पूर्ण साहित्यिक मनहरुलाई एउटै मालामा गाँसी साहित्य उत्थान, जगेर्ना र बिकास गर्ने उद्देश्य र नयाँ स्रस्टालाई प्रोत्शाहन गर्ने हेतु सहित २०६१ सालमा दमक बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीबाट स्थापना गरिएको यस साहित्यिक मञ्चले क्याम्पसमा मात्र नभएर समयसमयमा अन्तर-विद्यायल/अंतर-क्याम्पस साहित्यिक कार्यक्रम गर्दै आएको कुरा समेत यसै साहित्यिक मञ्चका सल्लाहकार भरत ढुंङ्गाना ‘क्षितिज’ले बताउनुभयो। यस कार्यक्रमका परिकल्पनाकार ढुङ्गानाले यो प्रतियोगिताको श्रृंखलालाई आगामी दिनमा विभिन्न बिधाहरुलाई अङ्गाल्दै निरन्तरता दिने कुरा समेत प्रस्ट पार्नु भयो।

अन्य रचना दमक क्याम्पस साहित्यिक मञ्चको आधिकारिक फ़ेसबुक पेज (www.facebook.com/damakcampussahitya) मा गएर हेर्न सकिनेछ।